सनराइजको नैकापमा ११६ औं शाखा

सैलुङअनलाइन संवाददाता
काठमाडाैं

सनराइज बैंक लिमिटेडको ११६ औं शाखा चन्द्रागिरी नगरपालिका–१४, नयाँ नैकापमा खोलिएको छ । आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायले  बैंकले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आइरहेको छ ।

बुधबार एक कार्यक्रमबीच नगरप्रमुख घनश्याम गिरी, बैंकका संचालक समितिका सदस्यहरु ई. बच्छराज तातेड र शारदा शर्मा पुडासैनीले संयुक्त रुपमा शाखा कार्यालय र एटिएमको उद्घाटन गरी सेवा सुचारु गरेका हुन् ।

हालसम्म बैंकले ११६ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन काउण्टर र १३४ वटा एटिएम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थप शाखाहरु संचालन गर्ने योजना रहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका