हाल जापान भ्रमणमा रहेका प्रदेश न’ ३ का सांसद लक्ष्मण लम्साल र गुन्मा प्रिफेक्चर कोइजुमी शहरको मेयर मुरायामा बीच औपचारिक भेटघाट भएको छ ।
सांसद लम्सालले मेयरलाई नेपालको मायाको चिनो स्वरुप बिर गोर्खालीको प्रतिक नेपाली पहिचान ढाका टोपी लगाईदिनु भएको थियो ।
संसाद लम्सालले नेपाल जापान सम्बन्ध घेरै पुरानो र गाढा रहेको र जापान सरकारले नेपालको हरेक क्रियाकलापमा सहयोग गर्दै आउनु भएकोमा घन्यबाद दिदै निकट भबिस्यमा पनि काभ्रे ज़िल्लाको कुनै एक शहर र गुन्माकेनको ओइजुमी शहरबिच भागिनी संम्बन्घ राख्ने बिषयमा प्रस्ताव समेत राख्नु भएको थियो । मेयर मुरायामाले आफ्नो शहर गुन्मामा नेपालीहरुको संख्या घेरै रहेको र भिबिन्न समस्याहरुमा साथ दिदै आइरहेको र अझै नेपालीहरुलाई खुलेर सहयोग गर्ने पनि बताए । मेयर मुरायामालाई नेपाल धेरै मनपर्ने र साथै निकट भबिष्यमा नेपालको भ्रमण गरेर नेपालको बिबिध कुराहरुको जानकारी लिने र आइपर्ने कार्यमा सहकार्य गरि सहयोग गर्ने बाँचा समेत दिनु भएको थियो ।
उक्त औपचारिक कार्यक्रममा प्रबासी नेपाली एकता मंच जापानका नेता हवल चन्द्र लामा र एनआरएन गुन्माकेनको निबर्तमान संयोजक महेश रिजालको पनि उपस्थिति रहेको थियो ।