६ महिनादेखि कोरियाका लागि नेपाली दुतावासमा राजदूत विहीन छन् । कोरियाका लागि नेपाली राजदूत अर्जुनजंग बहादुर सिंह कार्यरत थिए । राजदुत सिंहलाई नेपाल सरकारको प्रधानमन्त्री केपी ओली भएपछि कार्यसम्पादन गर्नुपर्ने भन्दै फिर्ता बोलाएको थियो । तर दुई तिहाइको सरकार भएर पनि अझै राजदुत नियुक्त गर्न सकेको छैन् ।
गत महिनाको तेस्रो आइतबार कार्यबाहक राजदुत किरण शाक्य उपस्थित एक कार्यक्रममा यहाँका नेपालीहरूले राजदुत कहिले नियुक्त भएर आउने ? दुतावासले फोन नै उठाउदैन र रोजगारीमा रहेकाे नेपालीको समस्य नै बुझ्न नचाहेको जस्ता प्रश्न गरेका थिए ।
जवाफमा कार्यबाहक राजदुत किरण शाक्यले फोन नउठाउने होइन, बरू मिसकलहरू आएपनि कल ब्यक गरेको दावी गरे । राजदुत नियुक्त बारे बोल्दै शाक्यले सरकारले चाँडै नै व्यवस्था गर्न गृहकार्य भइरहेकाे बताएका थिए ।
कार्यबाहक राजदुत किरण शाक्यको गतहप्तादेखि कार्यकाल पूरा गरी स्वदेश फिर्ता भएको छ । हाल दूतावासमा राजदूत विहीन छ ।