नेफ्टा अवार्डका डान्सरहरू प्रशिक्षणमा व्यस्त

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं
तस्विर : प्रशिक्षण कक्ष

नेपाल चलचित्र प्राविधिक सङ्घ तथा ड्रिम हाइ नेपालको संयुक्त आयोजनामा सम्पन्न हुने १० औँ संस्करणको ‘एलआइसी नेफ्टा फिल्म अवार्ड’ को तयारी अन्तिम चरण पुगेको आयोजक संस्थाले जनाएको छ ।


आयोजक संस्था ड्रिम हाइ नेपालका निर्देशक तथा नेफ्टा अवार्डका इभेन्ट निर्देशक कमल जिसीका अनुसार यही फागुन २९ गते शनिवार होटेल सोल्टीमा आयोजना हुने नेपाली फिल्म क्षेत्रकै ठुलो समारोहको तयारी व्यापक पारिएको छ भने कार्यक्रम सभ्य र भव्य हुने छ । कार्यक्रममा प्रस्तुति दिने कलाकारहरूले नाचघरमा आफ्नो प्रस्तुतिका लागि रिहर्सल गरिरहेका छन् ।

मिस नेपाल–२००२ तथा सञ्चारकर्मी माल्भिका सुब्बा, अभिनेता तथा व्यङ्ग्यकार सन्दीप क्षेत्रीसँगै सञ्चारकर्मी तथा उद्घोषक सन्जोक बस्याल यो वर्षको नेफ्टा अवार्डका उद्घोषणको रूपमा प्रस्तुत हुँदैछन् भने लोकप्रिय अग्रज कलाकारको साथमा अन्य मनोरञ्जनात्मक प्रस्तुति रहने छ ।

कोरियोग्राफर नरेशबिर शिंहका अनुसार २९ गतेको प्रस्तुतिका लागि कलाकारहरू तयारी अवस्थामा रहेको छ । उनका भनाई अनुसार सात वटा विभिन्न डान्स आइटम रहने छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका