मिस्टर एन्ड मिस रौनियारको ट्यालेन्ट सो

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

मिस्टर एन्ड मिस रौनियार २०२१ का प्रतियोगीहरूले आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । ट्यालेन्ट सो अन्तर्गत उनीहरूले नृत्य, गायन, प्रहसन, कविता वाचन, बतृत्वकला जस्ता विविध प्रतिभा प्रस्तुत गरेका हुन् ।

एमी इन्टरटेनमेन्टद्धारा आयोजित यो प्रतियोगितामा २१ जना प्रतियोगीहरु छन् । जस मध्य ११ जना काठमाडौँका र १० जना विराटनगरका रहेका छन् । काठमाडौँका ११ जना प्रतियोगीले काठमाडौँका जमल स्थित नाचघरको मिनी हलमा शनिबार आफ्नो ट्यालेन्ट सो देखाएका हुन् ।

ट्यालेन्ट शोमा प्रतियोगीहरु आँचल रौनियार, पप्पु रौनियार, सर्वजीत रौनियार र सोमन रौनियारले नृत्य प्रस्तुत गरेका थिए ।

सालु रौनियारले विभिन्न क्यारिकेचर गरेर सबैलाई हँसाइन् । यस्तै खुस्बु रौनियारले प्रस्तुत गरेको छोरी माथिको कविता आकर्षक थियो । नन्दिनी रौनियारले नारी यौन हिंसाबारे आफ्नो बिचार राखिन् ।


ट्यालेन्ट शोमा शिक्षा गुप्ता, राज रौनियार, अस्मित रौनियार, अङ्कित रौनियारले विभिन्न गीतहरू गाएर आफ्नो प्रतिभा देखाए ।

ट्यालेन्ट शोको निर्णायकमा अभिनेता रणभीर शाह, गायिका, सञ्चारकर्मी तथा मोडल सरिता भारती, मिस रौनियार २०१९ की विजेता प्रीति रौनियार, मोडल तथा कलाकार भरत रौनियार थिए ।

राजन रौनियार र एमी रौनियारद्वारा आयोजित दोस्रो संस्करणको मिस्टर एन्ड मिस रौनियार २०२१ को चयन आगामी २९ फागुन शनिबार नाचघरमा एक समारोहबिच हुनेछ । यो प्रतियोगिताका बाँकी १० अन्तिम प्रतियोगीहरूमा बिराटनगरबाट प्रीति गुप्ता, स्नेहा रौनियार, सोनल रौनियार, मुस्कान रौनियार, ज्योनी रौनियार, स्नेहा रौनियार २, आयुष रौनियार, मधु रौनियार, अजय रौनियार रहेका छन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका