स्याङ्जा समाज साउदीद्वारा बिरामीलाई सहयोग

सैलुङअनलाइन संवाददाता
0 Shares
साउदी, दमाम

स्याङ्जा सहयोग समाज साउदी अरबले मृगौला फेललाई आर्थिक सहयोग गरेको छ ।

समाजले वालिङ नगरपालिका-१४ को उपल्लो पेखु  निवासी दिपक खवास(चुरा बहादुर )लाई ३६ हजार ४ सय ३० रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

आर्थिकस्थित कमजोर भएकोले बिरामीको उपचारार्थ परिवारले सहयोग अनुरोध गरेपछि समाजले सहयोगका लागि अभियान चलाएको महासचिव टीका केसीले बताए ।

समाजका उपाध्यक्ष दिनेश श्रेष्ठ, सदस्य  राजु श्रेष्ठ, क्षेत्रीय अध्यक्ष टीका राम भुसाल, सचिव  काजी थापा, सदस्य राजन, दमामका क्षेत्रीय अध्यक्ष दिपक खाणको अगुवाइमा संकलन भएका आर्थिक सहयोग र समाजको आपतकालीन कोषबाट समेत थप गरी बिरामी महासचिव केसीले बिरामीको आफन्तको नाममा रकम पठाएको जानकारी दिए ।

समाजका अध्यक्ष बाल कृष्ण पंगेनीका अनुसार तीन वर्षदेखि बिरामीरहेका खवासलाई सुरुवाती चरणमा समेत समाजको पहलमा साउदीमा कार्यरत नेपालीहरुको सहयोगमा ६२ हजार रुपैयाँ सहयोग गरेका थिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया