जाम्बुलिङ ईन्टरनेशनल अवार्ड २०१९ थाइल्यान्डमा सम्पन्न

सैलुङअनलाइन संवाददाता
0 Shares
थाइल्याण्ड

जाम्बुलिङ ईन्टरनेशनल अवार्ड २०१९ थाइल्यान्डको बैंककस्थित रिभर स्टार प्रिन्सेस क्रुज लक्सरी बोर्ड (पानीजहाज) मा एक समारोहबीच बुधबार सम्पन्न भएको छ ।

‘पुरानोलाई सम्मान र नयाँलाई प्रोत्साहन’ भन्ने नाराकासाथ नेपाली संस्कृतिलाई बिश्वामा चिनाउने र पर्यटन वर्ष सन् २०२० लाई समेत टेवा पुर्याउदै नेपाली कलाकर्मीहरुलाई देशबिदेशमा चिनाउने उद्देश्यले यो अवार्ड थाइल्यान्डमा गरिएको संयोजक एवं जाम्बुलिङ फिल्मस प्रा.लि.का अध्यक्ष राजकिङ वाइबाले बताए ।

समारोहमा म्हेन्दोमाया नेपालका संस्थापक अध्यक्ष बिगेन्द्रसिंह वाइबा तामाङलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड २०१९’ बाट सम्मान गरिएको थियो ।

समारोहमा प्रमुख अतिथि नेपाल चलचित्र कलाकार संघका अध्यक्ष एवं नायक रबिन्द्र खड्काले बिजेताहरुलाई अवार्ड, सम्मानपत्र र ट्रफी बितरण गरेका थिए ।

५६ बिधामा ३ सय जनाभन्दा बढीको प्रतिस्पर्धा रहेको सो अवार्ड बितरण समारोहमा ४० जना बिजेताहरु मात्र सहभागी थिए ।

बाँकी १६ जना बिजेताहरुलाई काठमाडौंमा एक कार्यक्रम गरी अवार्ड प्रदान गरिने संयोजक वाइबाले बताए ।

म्हेन्दोमाया कलाकार संघका उपाध्यक्ष रोशन फ्युबाले कार्यक्रम संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका