किराँत राई यायोक्खा (किराया) केन्द्रीय समितिले ३२ औं स्थापना दिवस बुधबार ललितपुरमा मनाएको छ ।
दिवसमा प्रमुख अतिथि गृहमन्त्री रामबहादुर थापा (बादल)ले किराँत भूमीको पहिचान र उत्पीडितहरुको आन्दोलनमा सहयोग गर्ने प्रतिबद्धता जनाउने बताए । गृहमन्त्री थापाले भने, ‘संघीयता, पहिचान र समृद्धिको लागि किराँतहरु एकजुट हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा संघीय सांसद सुदन किराँतीले किरातको पहिचान र लोकसेवा आयोगको असमावेशी कदमप्रति असहमति जनाउदै आवश्यक परे सडक र सदनमा वलिदान दिनपर्ने अवस्था सिर्जना भएको तर्क गरे ।
यसैगरी सांसद रामकुमार राई (पासाङ) ले प्रदेश नं. १ को नामाकरण किराँत राख्न माग गर्दै आफूले सदनमा गम्भीर कदम उठाउने बताए ।
कार्यक्रममा पत्रकार संजयसन्तोषी राई, ‘किराँत इतिहास र संस्कृति’ नामक पुस्तकका लेखक पर्खनबहादुर राई, ‘हिउँमाझी’ कथा संग्रहका कथाकार वियस राई र नविन राईलाई नगदसहित सम्मान गरियो ।
त्यसैगरी डा. सुमाया राई, प्रा.डा. ध्यानेन्द्रबहादुर राई र डा. कृष्णबहादुर राई, अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) ठुले राईलाई सम्मान गरेका छन् ।
कार्यक्रममा विभिन्न विधाका १५ जना विद्यार्थीहरुलाई छात्रावृत्ति प्रदान गरिएको थियो ।