ओपो एफ १९ प्रो नेपालमा सार्वजनिक हुँदै

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

ओपोले आफ्नो नयाँ स्मार्टफोन ओपो एफ १९ प्रो सार्वजनिक गर्ने मितिको घोषणा गरेको छ । कम्पनीले चैत्र ३गते आफ्ना सामाजिक सञ्जालका प्लेटफर्म (फेसबुक र युट्युब) मार्फत आयोजना गरिने अनलाइन लन्च इभेन्ट मार्फत एफ १९ प्रो सार्वजनिक हुने जानकारी दिएको हो ।

लाइभलञ्च इभेन्टमा नेपाली मनोरञ्जन जगतका चर्चित हस्तिहरू, ओपोका ब्रान्ड फ्रेन्ड तथा नायिका स्वस्तिमा खड्का, गायिका/गीत लेखिका तथा रचनाकार तृष्णा गुरुङ र पारम्परिक नेपाली लोक वाद्यवादन उपकरण ईन्सेम्बल कुटुम्ब ब्यान्ड लगायतको उपस्थिति रहनेछ ।

लामो समयदेखि कम्पनीले एफसिरिज मार्फत उपभोक्तालाई स्टेट९अफ९आर्ट प्रविधि पस्कँदै आइरहेको छ । यसले गर्दा एफसिरिजलाई उपभोक्ताहरूले सुरुवाती दिनदेखि नै औधी रुचाइरहेका छन् । अग्रगामी सोच सहितका डिजाइन मार्फत ओपो, उपभोक्तालाई प्रविधि मार्फत नीतिकृत, सुलभ र रमाइलो अनुभव प्रदान गर्ने तिर केन्द्रित रहँदै आइरहेको छ । शक्तिशाली र टिकाउ हुनुका साथै बहुआयामिक दृष्टिकोण सहित आफ्ना जीवनका स्मरणीय पलहरू कैद गर्न चाहनेका लागि मनोरञ्जक नयाँ भिडियो फिचर्सहरुका साथ एफ१९ प्रोको डिजाइन विशेष गरी “टे«ण्ड सिकर्स” यूवाहरुलाई ध्यानमा राखिएको छ ।

क्यामेरा

एफ १९ प्रोमा ४८एमपी मेन क्यामेरा सहितको क्वाड क्यामेरा सेटअप उपलब्ध छ । फोटो तथा भिडियोमा डेप्थ थप्नका लागि कन्सर्टहरूमा मेन क्यामेरा ८ एमपी अल्ट्रा वाइड ९ एंगल क्यामेरा, २ एमपीमाक्रो क्यामेरा र २ एमपीमोनो क्यामेराका साथमा काम गर्छ । प्रयोगकर्ताका लागि सेल्फीले पनि उत्तिकै महत्व राख्छ । यही कुरालाई दृष्टिगत गर्दै फोनमा ३२ एमपी फ्रण्ट ९ फेसिङ क्यामेराको प्रयोग गरिएको छ । उत्कृष्ट भिडियोका लागि हार्डवेयरका साथै सफ्टवेयर र पोष्ट प्रोसेसिङका लागि समेत फोनमा कम्पनीले विशेष व्यवस्था गरेको छ ।

अल्ट्रा स्लिम बडी डिजाइन

अल्ट्रा स्लिम डिजाइनका लागि पनि एफसिरिज परिचित छ । एफ १९ प्रो मा पनि कम्पनीले यसलाई प्राथमिकताका साथ निरन्तरता दिएको छ । थ्रिडी कभ्र्ड ब्याट्री र ७.८ एमए अल्ट्रा स्लिम बडी सहितको यो फोनको वजन जम्मा १७२ ग्राम कायम गरिएको छ । हत्केलामा फोन बोक्दा पनि आरामदायी अनुभव होस् अर्थात् “यू होल्ड इट, यूल् लभ ईट” भन्ने तिर पनि कम्पनीले विशेष ध्यान दिएको छ ।

डिस्प्लेः


ओपो एफ१९ प्रोमा ९०.८५ स्क्रिन(टू)बडी रेसियो र ईन (डिस्प्ले फिंगरप्रिन्ट ३.० सहितको चहकिलो ६.४३९ईञ्च पञ्च९होल एमोलेड डिस्प्लेको प्रयोग गरिएको छ । यसले गर्दा गेमिङ होस् वा टीभी शोको मनोरञ्जन प्रयोगकर्ताले सन्तोषपूर्ण अनुभूति गर्न सक्नेछन् ।

३०वाट भोक फ्ल्याशचार्ज ४.०

तिब्र गतिको चार्जिङ सुविधाका लागि ३० वाट भोक फ्ल्याशचार्ज ४.० प्रविधिका साथै ब्याट्री छिटो सकिने कारणले उपभोक्ताको दैनिकीमा कुनै समस्या नआओस् भन्ने सोचका साथ एफ १९ प्रो मा लामो समय सम्म टिक्ने ४३१० एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ । उदाहरणका लागि मात्र ५ मिनेटको चार्जले फोनमा २.९ घण्टा युट्युब हेर्न सकिन्छ । एकपटक पूर्णरुपमा फोनलाई चार्ज गरी सकेपछि यसमा ढुक्क भई १६ घण्टा सम्म अनलाइन भिडियो प्लेब्याकको मज्जा लिन सकिन्छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका