जातिको ज्यान हो भाषा

काठमाडाैं

मर्छ भाषा किन त्यसै ए,
जातिको यो ज्यान हो
देश जप्दै नित्य फुल्ने,
फूल हो अम्लान यो

जाति–फूलै फुल्न वञ्चित
देश यो शमशान हो
शान्ति पनि आफैँ छ बोल्दो
यो त केवल भान हो
तर थिचोर जति नै
उठ्नु प्रगतिको इतिहास हो
बाँच्नुको आधार पनि त हो,
यही विश्वास हो

ए मगर, तामाङ, मैथिल, लिम्बू,
ए नेवार लौ ए उपेक्षित जाति सारा
लड्न लौ तयार हौ
हैन एकै जातिको यो देश
पेवा कसैको हैन है
जाति–भाषा मार्नु हो
रेट्नु घाँटी देशकै !

तपाईको प्रतिक्रिया

पत्रपत्रिका