मोटरसाइकल दुर्घटनामा एक गम्भीर घाइते

सर्लाही

सर्लाहीको बरहथवा नगरपालिका – ५, हात्तीडण्डामा मोटरसाइकल दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएका छन् । हात्तीडण्डाबाट बरहथवातर्फ गइरहेको ना. ५२ प. ८११५ नम्वरको मोटरसाइकल एक्कासी पल्टिँदा बागमती नगरपालिका -५, बालमचोक बस्ने १९ वर्षीय रामप्रवेश महतो नुनिया घाईते भएका हुन् । चालक भने सामान्य घाइते भएको छ ।

मोटरसाइकल पछाडी सवार महतोको दाइने खुट्टा भाँचिएको छ भने टाउको र निधारमा गहिरो चोट लागेको सर्लाही प्रहरीले जनाएको छ । महतोलाई बरहथवामा सामान्य उपचार गरी थप उपचारका लागि काठमाण्डौं रेफर गरिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा सामान्य घाईते मोटरसाइकल चालक बागमती नगरपालिका – ३, बस्ने २० वर्षीय हरेराम महतोलाई सामान्य उपचार पश्चात प्रहरीले नियन्त्रणमा राखिएको छ ।

 

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका