जिल्ला प्रशासन कार्यालय रसुवाले न्याय सम्पादनका लागि छुटै इजलास कक्ष सञ्चालन गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार यस कार्यालयबाट प्रत्येक हप्ता मंगलबार दिन मुद्दाहरु क्रमशः फैसला गरिने छ । साउन १५ गते रसुवा जिल्ला अदालतका न्यायाधिस पुर्णप्रसाद बास्तोलाले उद्घाटन गरेको थियो ।
प्र.जि.अ. कृष्ण पौडेलले टेलिभिजन, आराम गर्ने कुर्सी, पानी, चिया, मोबाईल चार्जर, फ्री वाईफाई सहितको आधुनिक सेवाग्राही प्रतिक्षालय एंव स्तनपान कक्षको यस अघि नै शुभारम्भ गरेका थिए । अहिले प्र.जि.अ. भण्डारी आइसकेपछि त्यसलाई थप व्यवस्थापन गरी सन्चालनमा गरेको हो ।
विगत दुई वर्षदेखिका थन्किएका मुद्धाहरु लामो समयसम्म नराख्ने गरी प्रत्येक साताको मंगलबार एउटा मुद्दा फैसला गर्ने गरी इजलास स्थापना गरिएको प्र.जि.अ. भण्डारीले बताए । उनले थपे, हरेक हप्ता मुद्धाको सुनुुवाई र सत्य, तथ्य प्रमाणको आधारमा वकिलले बहस गर्नेछन् ।
आर्थिक वर्ष ०७५/०७६ मा जम्मा २० वटा र ०७४/०७५ मा एउटा गरी २१ वटा मुद्दा दर्ता भएका थिए । हाल सम्म ५ वटा मुद्दा फैसला भइसकेका छन् ।
प्र.जि.अ. भण्डारीका भने, ‘पहिले सीमीत समयमा मुद्धाहरु मात्र यस कार्यालयले हेर्दै आएको थियो । ऐनमा व्यवस्था भए अनुसार अब एक वर्षसम्म नै हेर्न पाउने भएको छ । सोही अनुरूप अर्धन्यायिक निकायको इजलासबाट न्याय पाएको महसुस गरेका छौ ।’