निकुञ्जभित्रका होटेलको टेन्डर खुल्यो

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
रसुवा

लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र सञ्चालन भएका होटेल तथ लजको टेन्डर प्रक्रिया सुरु भएको छ । धेरै अगाडीदेखि टेन्डर प्रक्रिया अघि बढेपनि भूकम्प, कोभिड-१९ का कारण व्यवसायीहरू ले राजश्व तिरेका थिएनन् । टेन्डर निकाल्ने बेलामा भूकम्प र कोभिड ले रोकिएको थियो ।

आउँदो साउनदेखि टेन्डर निकाल्ने प्रक्रिया अघि बढाइएको प्रमुख संरक्षण अधिकृत सुस्मा रानाले बताइन् ।


राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले २०७४/७५ मा टेन्डर गर्ने तयारी गरेको थियो । भूकम्प जानु भन्दा पहिले ५५ वटा होटेल सुचारु थियो । भूकम्प पछि निकुञ्जले चार वटा होटेल सँग को सम्झौता रद्द गरेको थियो । गोसाईंकुण्ड रुटमा १३ वटा लाङटाङ रुटमा २२ ठाडेपाटी रुटमा १६ वटा होटेल सञ्चालनमा छन् ।

निकुञ्ज तथा मध्यवर्ती क्षेत्र भित्र ५१ वटा होटेल लज तथा चिया पसल सञ्चालन भएकोमा उनीहरूले ग्रेड अनुसार वार्षिक रूपमा निकुञ्जलाई राजश्व बुझाउनु पर्छ । क वर्गको होटेलले एक लाख २० हजार ‘ख’ वर्गका होटेल ले ९० हजार ‘ग’ वर्गले ६० हजार र घ वर्गकाले २० हजार रुपैयाँ तिर्नुपर्छ । यी चार वर्गका होटेल हरुलाई वार्षिक १० प्रतिशत शुल्क थपिँदै जान्छ ।

आर्थिक वर्ष २०७६/७७ मा यी होटलहरुले ४ करोड ८६ लाख ५९ हजार ८ सय १६ रुपैयाँ राजश्व बुझाउनु पर्नेमा ३ करोड ४५ लाख ५७ हजार ९ सय ५ रुपैयाँ बुझाएका छन् । विगत एक वर्षदेखि थला परेको यस रुटमा विदेशीहरू कम छन् भने आन्तरिक पर्यटकहरू दैनिक ६० देखि एक सय जनाको हाराहारीमा गोसाईंकुण्ड जाने गर्दछन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका