साउदीमा पुन: कामदारहरु समस्यामा, केहीको उद्धार

दूतावासद्वारा महिला कामदारको प्रमाणीकरण स्थगित

साउदी, दमाम

विदेशी आउनु रहर होइन बाध्यता हो, देशमा राजनीतिक खिचातानी, मौलाएको भ्रष्टाचार र बेरोजगारीले गर्दा आफूहरू बाहिरिनु बाहेक विकल्प हुदैन । माथिको संवाद पर्देशमा रहेका नेपालीहरुका हुन् ।

पछिल्लो समय साउदी अरबमा पुनः नेपाली कामदारहरुको समस्या बाहिर आएको छ । यस हप्ता रियाद, जुबेल लगायतका ठाउँबाट दर्जनौं नेपाली कामदारहरू पीडित भएको खबर बाहिरिएका थिए । केहिको सहमतिमा समस्या समाधान भए भने २ दर्जन समाधानका लागि दूतावासको सेल्टरमा छन् ।

यसै क्रममा साउदीको डिस्टिङ्गग्विशेड ब्रदर्स टेडिङ एन्ड कन्ट्याक्टिङ कम्पनीमा (DISTINGUISHED BROTHERS TRADING and CONTRACTING CO)कार्यरत २० जना नेपाली कामदारहरू उद्धार भएका  छन् ।

उक्त नेपालीहरू प्रवासी नेपाली एकता मञ्चका पहलमा दूतावासका पूर्वी कर्मचारी हरि घिमिरेको विशेष सहयोगमामा उद्धार भएको हो । उनीहरू अगष्ट १३ तारिख हिमालयन एयरलाइन्सको उडानबाट नेपाल फर्किने समेत टुंगो लागिसकेको पीडितसमेत रहेका मञ्चका आर्थिक प्रमुख  स्वागत पुनमगरले जानकारी दिए ।

आठ वर्षअघि साउदीको खोबारस्थित रहेका कम्पनीमा आइपुगेका मगर भन्छन्,- गतवर्षको डिसेम्बरसम्म संतोषजनक तलब सेवा सुबिधा पाइरहेका थिए । आर्थिक भार थेग्न गारो भएका कम्पनीले त्यसयता तलब दिन नसक्दा हाल अनोऔपचारिक रूपमा बन्द भएको मगरले बताए । हामी २० जनाले कम्पनीसँग डिसेम्बरदेेखिको तलब सेवा सुबिधा छोडेको र हवाई टिकटसमेत आफैले किनेर जानलागेका छौ, मगरले भने,’।

कम्पनीले एक वर्ष अघिदेखि अकाम रिनु नगराएको, गत डिसेम्बरदेखि तलब, सेवा सुविधा नदिएको । विगत चार महिनादेखि काम समेत नदिई बन्दक जस्तै बनाएपछि उद्धारका लागि सम्बन्धित निकायमा निवेदन दिएका कामदारहरु बताउँछन् ।

पीडित नेपालीहरु डोटीका सोभन बहादुर पुनमगर, बाराका रामबहादुर तामाङ, महोत्तरीका सन्तोष राम, चेथरु महर, धनकुटाका रमेश विक, नवलपरासीका शिवकुमार कुर्मी, सिन्धुपाल्चोकका खित बहादुर श्रेष्ठ, मोरङका गणेश बहादुर कार्की, तिर्थ कुमार तामाङ, स्याङ्जाका खिमलाल पोखरेल, गुल्मीका रुद्र बहादुर पछाई, सिन्धुलीका रकत बहादुर सुनुवार, अर्घाखाँचीका कृष्ण बहादुर पंगेनी, हर्कबहादुर नेपाली, कैलालीका मनिराज पुन, सुर्खेतका मनबहादुर बस्नेत, गोरखाका लोकबहादुर कार्की, धनुषाका शिव चन्द्र मुसाहर, सुनिलकुमार रजक, चितवनका श्यामबहादुर कटुवाल लगायतले १२ जुनमा एकैपटक दूतावास, प्रवासी नेपाली एकता मञ्च साउदी र एनआरएनए साउदीलाई उद्धार गरी नेपाल फर्काइ दिन अनुरोध सहित निवेदन दिएका थिए ।

पछिल्लो समय साउदीमा अस्पताल, स्कुल, कलेज, रेष्टुरेन्ट, सुपर मार्केट लगायतका ठाउँहरुमा नेपाली महिला कामदारहरुको माग बढिरहेको छ । तर कतिपय कम्पनी आर्थिक भार थेग्न नसकी बन्द समेत हुने गरेका छन् ।

दूतावासले यसै हप्ता नेपाली महिला कामदारहरुको बढी माग कन्ट्याक्टिङ सिस्टममा आउन थालेपछि कामदारले झेल्नुपर्ने विभिन्न कारणहरु देखाए प्रमाणीकरण समेत रोकिसका छन् । स्कुल, कलेज, अस्पताल लगायतले नेपाली कामदार ल्याउन अब आफैले स्पोन्सर गरेर ल्याउन भने सकिन्छ दूतावास स्रोतको भनाइ छ ।

दूतावास उपप्रमुख दिलीपकुमार पौडेलका अनुसार साउदीमा नेपाली महिला कामदारहरु ११ हजार भन्दा माथी छन् । `महिला कामदारहरु सप्लार्यस कम्पनीको कन्ट्याक्टिङमा कार्यरत रहेकोले दूतावासमा दैनिक जस्तो उनीहरूको गुनासो आईरहन्छ´, उपप्रमुख पौडेलले भने ।

पौडेलले प्रमाणीकरण रोक्नु परेकोमा आफू दुखी भएको बताए । आफ्ना टोलीले लामो स्थलगत अध्ययन पश्चात् गरेका कार्यले नेपाल सरकारले गरेको न्युनतम (१०००+३००) मासिक तलबको निर्णयलाई लागू गर्न सहयोग पुग्ने पौडेलले दावी गरे ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका