भूमेदेवी माविको हीरक जयन्तीसँगै रक्तदान कार्यक्रम हुने

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
नुवाकोट

नुवाकोट म्यागङ गाउँपालिका-३ गोगनेस्थित भूमेदेवी माध्यमिक विद्यालयको ६० औं वार्षिकोत्सव तथा हीरक जयन्ती कार्यक्रम हुने भएको छ ।


विद्यालय स्थापना भएर ६० बर्ष पूरा भएको विशेष उपलक्ष्यमा हिरक जयन्ती कार्यक्रम यही चैत ७ आयोजना गर्न लागिएको विद्यलयका प्रधानाध्यापक नरेन्द्रमान तामाङले जानकारी दिए । उनका अनुसार कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य बहादुर सिङ लामाको प्रमुख आतिथ्यमा सम्पन्न हुनेछन् ।

कार्यक्रममा चर्चित गायक रोज मोक्तान, डान्स ईन्डिया डान्सका सेकेन्ड रनर अप निर्माल तामाङ लगायत विभिन्न समूहका कलाकार तथा विद्यार्थीहरुका सांस्कृतिक एवम् अतिरिक्त क्रियाकलापसहित वार्षिकोत्सव मनाउन लागिएको प्रधानाध्यापक तामाङको भनाइ छ । म्यागङकै पुरानो स्कुलहरुमध्ये भूमेदेवी मावि विसं २०१७ सालमा स्थपित भएको प्रधानाध्यापक तामाङले बताए ।

सोही दिन विद्यालय प्रङ्गाणमा म्यागङ युवा क्लबको प्रमुख आयोजना तथा नेपाल रेडक्रस सोसाइटी देउराली उपशाखाको सहआयोजनामा रक्तदान कार्यक्रम हुने भएको छ । ‘ रक्तदान जीवनदान ‘ भन्ने नारा सहित बिहान ११:३० बजेबाट सुरु हुने कार्यक्रममा सम्पुर्णलाई सहभागी हुन म्यागङ गाउँपालिका युवा क्लबका अध्यक्ष बिजय गुरुङले अनुरोध गरे ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका