अस्ट्रेलियन मोडेल म्यानटिन अभिनित नेपाली म्युजिक भिडियो सार्वजनिक

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ
182 Shares

अस्ट्रेलियाकी चर्चित मोडेल भिक्टोरिया म्यानटिनलार्इ पहिलोपटक नेपाली म्युजिक भिडियोमा देखिएकी छिन । अस्ट्रेलियामा बसेर फिल्म मेकिङ्ग सम्बन्धी अध्ययन गरेका नेपाली निर्देशक अनिल गिरीले ुसुस्तरीुको भिडियोमा अस्ट्रेलियन मोडेल म्यानटिनलाइ पर्दामा उतारेका हुन् ।

सुस्तरीुको भिडियोलाई अस्ट्रेलियाको सुन्दर समुद्री किनारा र रमणीय ठाउँहरूमा छायाङ्कन गरिएको छ । जसमा निर्देशक गिरीको प्रसस्तै निर्देशकीय कला देख्न सकिन्छ ।

निर्देशक गिरी लामो समयदेखि अस्ट्रेलियाको मेलबर्नमा बसेर सक्रिय रूपमा काम गर्दै आएका छन् । उनले धेरै अङ्ग्रेजी सर्ट फिल्म र टिभी शोहरुको निर्देशन गरेका छन् भने सँगै नेपाली भिडियो सम्बन्धी कामहरू पनि गरेका छन् ।

सुस्तरीमा पहिलो नेपाल आइडलमा टप ५ की गायिका सुजाता पाण्डेको शब्द संगीत र स्वर रहेको छ भने भिडियोलाई एजी फिल्म अस्ट्रेलियाबाट सार्वजनिक गरिएको हो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका