सर्लाहीको मलंगवाबाट काठमाडौंतर्फ आउँदै गरेको बस बेनीरोराङ गाउँपालिका-३, सलाङघाटबाट त्रिशूली नदीमा खसेको छ । दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने २० भन्दा बढी हराइरहेको प्रहरीले जनाएको छ ।
ना ६ ख ७४६९ नम्बरको रात्रिबस शुक्रबार बिहान ३ः३० बजे दुर्घटना भएको हो । बसमा ४० यात्रु सवार रहेको बताइएको छ । अहिले नदीमा डुबेको बस निकालेर हराइरहेकाहरूको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए ।
घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र रेडक्रसकर्मीहरूले उद्दार गरिरहेका छन् । मृतकको सनाखत हुन सकेको छैन । घाइतेको मलेखु सामुदायिक अस्पताल र गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।