धनकुटामा सातदिने डम्फू, टुङ्ना र लिपी प्रशिक्षण

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
धनकुटा

धनकुटामा तामाङ समुदायको बाजा टुङना, डम्फूका सँगै सम्भोटा लिपी प्रशिक्षण बिहीबारबाट सुरु भएको छ । जिल्लाका हिलेमा सुरु भएको तालीम सात दिनसम्म चल्ने नेपाल तामाङ घेदुङ धनकुटाका अध्यक्ष विष्णु मोक्तानले जानकारी दिए ।

अध्यक्ष मोक्तानका अनुसार तालिमका प्रशिक्षक नेपाल ताम्बा संघका अध्यक्ष धावा वाङ्गेल माेक्तान रहेका छन् ।तालिममा जिल्लाका विभिन्न स्थानीय तहका तामाङ समुदायको सहभागीता रहने अध्यक्ष मोक्तानको भनाइ छ ।

धनकुटा घेदुङद्वारा संचालित तालिमको उद्घाटन कार्यक्रममा नेपाल तामाङ घेदुङका संघीय सदस्य लालचन गाेङबा, आदिवासी महासंघ धनकुटाका अध्यक्ष सन्जय सन्तोषी राई, तामाङ घेदुङ प्रदेश नम्बर एकका सदस्य गंगाराम गोम्देन, धनकुटा निवर्तमान अध्यक्ष सीताराम थिङ लगायतकाे उपस्थित रहेका थिए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका