सैलुङ डाँडामा निर्माणाधीन ५५ फिट उचाइको बोधिचैत्य ‘झ्याङ्छ्युब छ्योर्तेन’ को करिब ९५ प्रतिशत काम सम्पन्न भएको छ । शैलुङ रिगसुम गोन्पो सेवा समाजद्वारा निर्माणाधीन छ्योर्तेनको आउने वैशाख १२, १३ र १४ गते शोकसिङ र सुङ (धारणीमन्त्र) एवं १८ फिटको तामाको गजुर प्रतिस्थापना गरिने कार्यक्रम तय भएको छ ।
संस्थाले आम जनताको दानबाट निर्माण गरिरहेको छ्योर्तेनको शोक्सिङ राखेपछि रंगरोगन र लेखन मात्र बाँकी रहने संस्थाका महासचिव कुमार थोकरले जानकारी दिए । उनले भने‚‘हामीले अहिले दान संकलन गरेर नै निर्माणको ९५ प्रतिशत सकायौँ ।अब हामीलार्इ मेलुङ र दोरम्बाले सहयोग गर्ने कबोल गरेका छौँ‚ त्यसले करिबकरिब पुग्ने अनुमान गरेका छौँ ।’
दानबाट १ करोड ६० लाख रुपैयाँ संकलित रकमले काम निरन्तर भइरहेको संस्थाका कोषाध्यक्ष डम्बर मोक्तानले बताए । उनले भने‚ ‘सुङसहित २ करोडमाथि पुगेको छ ।’ यो हामीले शून्य आर्थिकबाट निर्माण गर्न सुरु गरेको कोषाध्यक्ष मोक्तानले जनाए ।
छ्योर्तेन निर्माणको लागत खर्च ३ करोड पुग्नेछ ।धार्मिक कार्यमा सबैको सहयोगले नै यो कार्य गर्न हौसला मिलेको महासचिव थोकरले बताए ।
दानपति सम्मान कार्यक्रम
संस्थाले अहिलेसम्म ५० हजार वा सोभन्दा माथिका दाताहरूलाई ‘दानपति सम्मान’ गरिने संस्थाले जनाएको छ । टुल्कु लोसाङ नाम्ग्याल रिन्पोछेको आतिथ्यतामा चैत्र २१ गते सम्मान गरिने आयोजक संस्थाले सूचना निकालिएको छ ।
यस्तै सहयोग गर्ने सबैलार्इ चरणबद्ध सम्मान गरिने पनि संस्थाले जनाएको छ ।
आर्थिक सहयोग
खाँडादेबी(८ रामेछाप निवासी चमारसिङ लामाले छ्योर्तेनका लागि लामाले २ लाख १ हजार ५ रुपैयाँ सहयोग गरेका छन् । लामाको पैसा संस्थाका वरिष्ठ सदस्य ङिमा शेर्पामार्फत कोषाध्यक्ष डम्बरबहादुर मोक्तान सोमबार हस्तान्तरण गरेका हुन् ।
थप यो पनि
छ्योर्तेनको सुङ संकलन, ३७ फिट निर्माण सम्पन्न
मेलुङले झ्याङछ्युब छ्योर्तेनलाई दश लाख प्रदान