‘मिस एण्ड मिसेस ईण्डिजिनियस-२०२१ सिजन-२’ को अडिसन सम्पन्न

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

एसके ईन्टरटेनमेन्टको प्रस्तुतिमा आयोजना हुनगईरहेको मिस एण्ड मिसेस ईण्डिजिनियस(२०२१ सिजन(२ को अडिसन सम्पन्न भएको छ  । अडिसनमा काठमाडौँभित्र तथा काठमाडौँ बाहिरबाट ३७ जना प्रतियोगीहरूको उपस्थिति थियो ।

आदिवासी जनजाति समुदायका अविवाहित र विवाहित महिलाहरूको कला संस्कृति तथा भाषा लगायतको समग्र व्यक्तित्व विकास गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो ।


प्रतियोगितामा नायिका रेजिना उप्रेती, चिनीमाया गुरुङ, पुजा गुरुङ, आकृति गुरुङ, सुशिला तामाङ, उमा खड्का, चेसाङ तामाङ, एलिशा गुरुङ र रोजिन शाक्य निर्णायक मण्डलको भूमिकामा अडिसन सम्पन्न भएको थियो ।

आदिवासी जनजाति विवाहित तथा अविवाहित महिलाहरूमा क्षमता भएर पनि सधैँ पछि परेका तथा आफूलाई एक्सपोज गर्न डराईरहेका महिलाहरूलाई लक्षित गर्दै उनीहरूको क्षमतालाई अभिवृद्धि गरी समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले यस प्रतियोगिताको आयोजना गरिएको आयोजक संस्थाका संयोजक शान्ता तामाङ लामाले बताइन् । उनले भनिन्‚ ‘छनौट हुनेलाई पच्चीस दिन लामो विशेष प्रशिक्षण प्रदान गरिने छ ।’ जसमा नेपालका ख्याति प्राप्त ट्रेनर, तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य लगायत वरिष्ठ विज्ञहरूबाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको क्लास,आत्मविश्वास अभिवृद्धि गराउने क्लास, मोटिभेसनल क्लास तथा व्यक्तित्व विकास सम्बन्धी विविध विषयमा प्रशिक्षण प्रदान गरिनेछ ।

प्रतियोगिताको अडिसनका लागि नेपाल अधिराज्यभरबाट आदिवासी जनजाति समुदायका विवाहित र अविवाहित महिलाहरूका लागि आवेदन फाराम खुल्ला गरिएको र विविध कारणवश अडिसनमा आउन पाउनु नभएकाहरूले फर्म भरेर कार्यालयमा अडिसनमा आउन सकिने संस्थाका प्रबन्ध निर्देशक शान्ता तामाङ लामाले जानकारी दिइन । उक्त प्रतियोगिताको विजेताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरवार्तामा समेत सहभागिता हुन पाउनेछन् । प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ विशेष प्रशिक्षण नेपालका ख्यातिप्राप्त कोरियोग्राफर रोजिन शाक्यले दिनेछन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका