दोलखामा भूकम्पपछि पुर्ननिर्माण गरिएका ५८ घरमा पहिरोले क्षति

सैलुङअनलाइन संम्वाददाता
0 Shares
काठमाडाैं

दोलखामा पहिरोले भुकम्पपछि पुर्ननिर्माण गरिएका घरहरुलाई क्षति पु¥याएको छ । तीन गाउँपालिकाका विभिन्न वडाहरुमा गएको पहिरोले ५८ घरमा क्षति पु¥याएको दोलखा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हालसम्म पहिरोले सबैभन्दा बढि क्षति गौरिशंकर गाउँपालिकामा गरेको छ । गाउँपालिकाको वडा नं. ७ मार्वुमा १९ घर, वडा नं. ६ चंखुमा १३ घर र वडा नं. १ जुँगुमा १७ घरमा पूर्ण क्षति पुगेको छ भने चार घरमा आशिंक क्षति पुगेको छ ।

त्यसैगरी कालिन्चोक गाउँपालिका वडा नं. ४ हिलेपानीमा ३ घर र शैलुङ गाउँपालिका वडा नं. १ विक टोलको २ घरलाई पहिरोले क्षति पु¥याएको छ ।

भूकम्पका कारण घरविहिन बनेका भूकम्प प्रभावित केहि समय नयाँ घरमा बस्न पाए पनि पहिरोले घरमा क्षति पु¥याएपछि पुनः घरविहिन बन्न पुगेका छन् । घरविहिन पहिरो पिडित हाल विद्यालय र आफन्तको शरण लिई बसोबास गर्दै आइरहेका छन् ।

पहिरोले क्षतिग्रस्त घर संख्या ५८ भए पनि पहिरोको जोखीममा रहेको घर संख्या सयौं रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका