चैत्र २० देखि देशभर गुड फ्रेण्ड

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

कोरोना कहरका कारण झन्डै एक वर्ष पछि सिनेमा हलहरूमा नयाँ चलचित्र प्रदर्शन हुन थालेको छ । यसै क्रममा चैत्र २० गतेबाट देशभर चलचित्र ‘गुड फ्रेण्ड’ प्रदर्शन हुने भएको छ ।

समसामयिक प्रेमकथामा आधारित एक्सन प्रधान चलचित्र ‘गुड फ्रेण्ड’मा पम्फा बर्मा, फारुबी बर्मा निर्माता रहेका छन् । बिजी बर्मा फिल्मस् प्रालिको लागि वसन्त बर्मा प्रस्तुतकर्ता रहेको चलचित्र ‘गुड फ्रेण्ड’ मा मुकेश ढकाल, सविना कार्की, एलबि कटुवाल, वसन्त बर्मा, राजन महर्जन, पूजा महर्जन, राज सिंह आदिको अभिनय रहेको छ ।

द्वन्‍द प्रदिप खड्का, संगीत ध्रुव बिश्को, नृत्य अजय स्याङतान, राजन महर्जन, निर्देशन राजबहादुर साने, छायाङ्कन केशब अधिकारी, सरोज महर्जनको रहेको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका