नेपालबाट उच्च क्षिक्षा हासिल गर्न जापान आएका नेपाली विद्यार्थीहरुद्वारा गठित २ संस्थाबीचको एकता अधिवेशन हुने भएको छ ।
कार्यक्रमको पूर्व तयारीका लागी मूलआयोजक समितिको बैठक यही अगस्ट १८ तारिख नागोया स्थित नमस्ते गुरु रेस्टूरेन्टमा बस्ने भएको छ । सोही अवसरमा नागोयामा रहेका सक्रिय संस्थाहरु संग छलफल तथा पत्रकार भेटघाट समेत गरिने मूलआयोजक समितिका सदस्य एवं नागोया प्रमुख प्रकाश भण्डारी क्षेत्रिले बताए । नेपाल जापान विद्यार्थी समाज र नेपाली विद्यार्थी समाज जापान (नेसाज) बीच एकता अधिवेशन आगामी सेप्टेम्बर २२ तारिखका दिन जापानको नागोयामा सम्पन्न हुदै छ ।
उक्त एकता पश्चात संस्थाको नाम नेपाली विद्यार्थी समाज जापान (नेसाज) रहने गरी २ संस्थाका प्रतिनिधिबीच हस्ताक्षर समेत भईसकेको छ, सस्थाका एक सदस्यले बताए ।
दुबै संस्थाबाट प्रतिनिधित्व हुने गरी हाललाई नेपाल जापान विद्यार्थी समाजका अध्यक्ष चेतन पौडेल संयोजक र नेपाली विद्यार्थी समाजका अध्यक्ष तेज प्रकाश गुरुङ् सह-संयोजक रहने गरि १३ सदस्यीय मुल आयोजक समिति गठन भएको छ । एकता अधिबेशन गर्नका लागी गठीत मुल आयोजक समितिको सदस्यहरुमा कृष्ण प्रसाद भुसाल, इश्वर भट्टराई, सुमन श्रेष्ठ, अजय राना ,प्रकाश भण्डारी राजेन्द्र घिमिरे लगायत अन्य सदस्यहरु रहेको छ ।