२५ औं विश्व आदिवासी दिवस : माइतिघर मण्डलामा वृहत प्रदर्शन (फोटोफिचर)

सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडाैं

२५ औं विश्व आदिवासी दिवस नेपाल आदिवासी जनजाति महासंघको आयोजनामा काठमाडौंको माइतीघरमा प्रदर्शन तथा साँस्कृतिक कार्यक्रम आयोजना गरी मनाएका छन् ।

हरेक अगष्ट ९ लाई विश्वभरिका आदिवासी जनजातिहरुले पहिचान र अधिकार प्राप्तिका संघर्ष र आन्दोलनको रुपमा भव्यताका साथ मनाउने गर्दछन् । विगत वर्षहरुमा साँस्कृतिक महोत्सव आयोजना गरी मनाउने गरेकोमा यस वर्ष नेपालका आदिवासी जनजातिहरुले दिवसलाई आन्दोलनका रुपमा मनाएका छन् ।

भृकुटीमण्डपमा व्यानरसहित उपस्थित महासंघसँग सम्वद्ध जातीय संघसंस्थाका आदिवासी जनजातिहरु साँस्कृतिक झाँकीसहितको ¥यालीमा परिणत भएर सहरका विभिन्न स्थान परिक्रमा गरी माइतीघरमा पुगेर सभामा परिणत भएका थिए ।

सभालाई आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बराम, जातीय संस्थाका अध्यक्षहरु र जनजाति नेताहरुले सम्बोधन गरेका थिए ।

 

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया