दुप्चेश्वरको कुदाप क्याबा र डम्फु पार्क पर्यटकको पर्खाइमा (फोटो फिचर)

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
1.1k Shares
राम तामाङ

नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा नं. ४ स्थित बेतिनी डाँडामा निर्माणाधीन डम्फु पार्क र कुदाप क्याबा (चुल्हो) डाँडा पर्यटकको आकर्षण थलो बनेको छ ।

तामाङ जातिको ग्लान थरको थातथलो (बाब्सा) मा उनीहरूले कुल पूजा गर्दा कुदापमा पकवान गरेर प्रसाद खाने चलन रहेको स्थानीय ८१ बर्षिय टोकबहादुर ग्लानले जानकारी दिए । त्यसैले यस डाँडामा कुदापलार्इ निर्माण गरेर ग्लान वंशको पहिचान र आन्तरिक तथा बाह्य पर्यटनको लागि आकर्षक बन्दै गएको छ ।

गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङका अनुसार ग्लानको थातथलोको पहिचान र पालिकाकै पर्यटनको आकर्षण र पछिल्लो पुस्तालाई थातथलो बुझाउन डम्फु पार्क र कुदाप क्याबा निर्माण गरिएको हो ।

डम्फु
कुदाप क्याबा (चुल्हो)
दुप्चेश्वर गापा-४ बेतिनी गाउँ

तामाङ जातिको ग्लान बंशको पुर्खाको सामग्री, जुन दैनिक जीवनयापनमा प्रयोग गरिन्छ ।

तस्विर : एेसेलु घारी । एेसेलु फल्न लागेेको अवस्था ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका