अवार्ड प्राप्त गीत ‘माया पलायो’ को म्युजिक भिडियो सार्वजनिक

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडौं

अवार्ड प्राप्त गीत ‘ माया पलायो ‘ को म्युजिक भिडियो युट्युवमा सार्वजनिक भएको छ । धनकुटा जिल्लाका पर्यटकीय स्थलहरुको प्रचारप्रसारमा समेत टेवा पुर्‍याउने लक्ष्यका साथ संसारीमाई सिमसार क्षेत्र पाख्रीवासका तालतलैया, राम्चे भ्यूटावर र कृषी फर्मको विभिन्न क्षेत्रमा भिडियो छायांकन गरेको प्रोडक्सन मेनेजर मोहन राईले जानकारी दिए । मेनेजर राईका अनुसार उक्त गीत रिङब्याका लागि (CRBT र PRBT) पनि एक्टिभ गरेका हुन् ।

सञ्चारकर्मी समेत रहेका धनकुटा पाख्रीवासका विष्णु विक्रम निरौलाको शब्द, सम्पादन र निर्देशन रहेको उक्त गीतको भिडियोमा अस्मिता अधिकारी र विशाल निरौलाको आवाज रहेका छन् । यम के निरौलाको संगीत रहेको उक्त गीतमा विशाल निरौलाको एरेन्ज र मिक्सिङ रहेको छ ।

भिडियोमा सुमन योगी र सिम्रन कार्की, नुमामफुङ लिम्वु, आस्था भुजेल, करुण लिम्वु, सुजन राई, पुष्पराज तामाङ र स्वीकृती योगीको अभिनय रहेको छन् । प्रनेश राई (यात्री ब्रोज) ले खिचेका भिडियोमा सुमन योगीले नृत्य निर्देशन गरेका हुन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका