हर्षपुर होमस्टे प्रवर्द्धनका लागि अध्ययन एवं अवलोकन भ्रमण

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
तनहुँ
तस्विर : सगरमाथाअनलाइन

हर्षपुर होमस्टे प्रवर्द्धनका लागि २ दिने अध्ययन एवं अवलोकन भ्रमण गरेको छ । तनहुँ जिल्लाको पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसारका लागि डाँडागाउँको उक्त होमस्टेका लागि भ्रमण गरिएको हो ।


ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भविश्वर शर्मा, सचिव बद्री तिम्सिना, टानका पूर्व अध्यक्ष तथा गणतन्त्र स्टोनियाका वाणिज्य दूत नवराज दाहाल, एनएमएका कोषाध्यक्ष सुदर्शन न्यौपाने सहभागी रहेका थिए ।

यसैगरी टानको कोषाध्यक्ष रितु ग्याम्दान, नाराका पूर्वमहासचिव शेखर थापा, कोषाध्यक्ष रिता, पर्यटन व्यवसायी तथा पूर्व भिटोफ अध्यक्ष बोधराज भण्डारी, पर्यटन व्यवसायी शिव पौडेल र सञ्चारकर्मी लगायतका ३५ भन्दा बढीको सहभागिता रहेको थियो ।

तनहुँ पर्यटन प्रवर्द्धन समाजका अध्यक्ष गुप्त भण्डारीको संयोजकमा आयोजना गरिएको थियो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका