गोसाईकुण्ड जाने बाटो बनाउन नेपाली सेनाको सहयोग

0 Shares
रसुवा

जनैपुर्णिमा मेलाको अवसरलाई मध्यनजर राखि मिनिवाटरदेखि घट्टेखोलासम्मको बाटो बनाउन नेपाली सेना कालिजंग गण रसुवाले सहजिकरण गरेको छ ।

चेम्बर अफ कमर्स रसुवाको पहलमा नेपाली सेना, संचारकर्मी लगायत ४० जनाको सहभागीतमा गोसाईकुण्ड जाने तीर्थयात्रीलाई सहज बनाउन अप्ठ्यारो बाटोहरु मर्मत गरी व्यवस्थित बनाइएको हो ।

कमर्सका अध्यक्ष सन्जिव अमात्यले भने, ‘हामीले गोसाइकुण्ड जाने तीर्थयात्रीको मध्येनजर गरी सहजरुपमा हिड्न झार, खाल्डाखुल्डी बाटो बनाएको हौं । सबैको सहभागीताले राम्रो कामको सुरुवात गरेका छौँ ।’

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका