सडक बिचमै पिलर गाडिएपछि कालोपत्रे अन्तैबाट सुरु

राजु तामाङ संवाददाता
0 Shares
सर्लाही
फाइल

सर्लाहीको हरिवन नगरपालिका ३ स्थित डाबरी बजारदेखि ढाटोल जाने सडक बीचमा जग्गाधनीले पिलर गाडेपछि कालोपत्रे हुन सकेको छैन ।

डाबरी बजारबाट केही मिटर पूर्व जग्गाधनी स्थानीय भक्तबहादुर आलेले आफ्नो खेतको सामुन्ने सडकको बीच भागमा पिलर गाडेपछि सडक कालोपत्रे हुन नसकेको हो ।

नक्सानै नभएको स्थानमा सडक बनाउन खोजिएपछि आफूले पिलर गाडेको जग्गाधनी आलेले बताए । ‘अहिले चलन चल्तीमा रहेको सडक र नक्सामा रहेको सडक दुबै मेरै जमिनबाट गएको छ । यदी नक्सा भएको जमिनबाट सडक नबनाएर चलन चल्तीकै बाटो लिने हो भने म पनि आधा दिन म तयार छु ।’ आलेले भने, ‘तर एक्लौटी रुपमा २० फिट जमिन दिनु भनेपछि मैले अबरोध खडा गरेको हुँ । दुबैतिरबाट आधा–आधा जमिन लिएर सडक बनाए मलाई पनि कुनै आपत्ती छैन ।’

वर्षौदेखि चलन चल्तीमा रहेको सडकमा एक्कासी आलेले पिलर गाडेपछि कालोपत्रे हुन नसकेको प्रदेशसभा सदस्य सञ्चमाया मोक्तानले आरोप लगाईन् । ‘पिलर हटाउन पटक पटक आग्रह गर्दा पनि हटाउन नमाने पछि डाबरी बजारबाट सुरु गर्ने भनिएको कालोपत्रे हुन सकेन ।’ मोक्तानले भनिन्, ‘बजेट फ्रिज हुने अवस्था आएपछि अन्तिम स्थानबाट काम सुरु भयो ।’

प्रदेश सरकारले डाबरीदेखि ढालोट जाने ३ सय मिटर सडक कालोपत्रे गर्न २५ लाख बजेट पछिल्लो आर्थिक वर्षमा दिएको थियो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया