मेरी बुढी बजारमा

सैलुङअनलाइन संवाददाता
काठमाडौ

गायक सुरज श्रेष्ठको `मेरी बुढी´ बोलको तीज गीत सार्वजनिक गरेको छ । नेपाली हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजलाई मध्येनजर गरेर गायक श्रेष्ठले उक्त गीत बजारमा ल्याएको हो ।

गायक तथा मोडल रामजी खाँड र बिनिता गुरुङको उत्कृष्ट अभिनय रहेको भिडियोलाई अर्घादरबार फिल्मस प्रालिले बजार व्यवस्थापन  गरेको छ। गीतको आवाजमा गायक श्रेष्ठलाई गायिका देवी घर्तीमगरले साथ दिएकी छिन् ।

https://youtu.be/ulH62eYETqQ

काजिस श्रेष्ठको निर्देशनमा बनेको उक्त भिडियोलाई अजय रेग्मीले छायांकन गरेका छन् भने सम्पादन दिपक विष्टले गरेका छन् । सर्जक ध्रुव बिसिको लय तथा शब्द रहेको सोही गीतमा विश्वास नेपालको शब्द संयोजन रहेको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका