गोसाइँकुण्डमा नि:शुल्क शिविर, ८४० जनाले पाए उपचार

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
रसुवा

सक्षम सोसाइटी नेपालद्वारा चैत्र ११ देखि १५ गतेसम्म रसुवाका गोसाईकण्ड गाउँपालिका-१,२ र ३ वडा (थुमन, टिमुरे र बृद्दिम ) मा गई निशुल्क दन्त शिविर सञ्चालन गरेकाे छ ।


उक्त शिविरबाट ८४० जनाले सेवा लिई २०६ जनाको मुख सम्बन्धी विशेष उपचार भएको सक्षम सोसाइटी नेपालका अध्यक्ष पासाङ लामाले जानकारी दिए । अध्यक्ष लामाका अनुसार पर्यटन प्रबर्द्धन तथा वातावरण संरक्षणमा टेवा पुर्‍याउने उद्देश्यले तामाङ हेरिटेज ट्रेलमा पर्ने विभिन्न स्थानहरुमा बृहत् सरसफाई कार्यक्रम समेत सम्पन्न गरेका छन् ।

गरिब, बिपन्न, असहाय, अपांग तथा उपचारको लागि काठमाडौ सम्म जान नसक्ने दाँतको उपचारमा समस्या भएकाहरुलाई लक्षित गरेर सञ्चालन गरिएको उक्त शिविरमा सहआयोजकको भूमिका ह्योल्मो हेल्पिङ ह्याण्डस नेपाल बौद्ध काठमाडौं थिए भने मुख्य सहयोग गोसाईकुण्ड गाउँपालिका र काठमाडौं मोडेल अस्पताल स्कूल अफ ओरल हेल्थको रहेकाे थियाे ।

शिविरबाट प्राप्त सेवा तथा उपचार पश्चात् आयोजक प्रति गाउँले तथा स्थानीय जनप्रतिनिधिहरुले आभार समेत व्यक्त गरे।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका