एन्फाले त्रिदेशीय कप विजेता खेलाडीलाई एक/एक लाख रुपैयाँ दिने

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडौं

अखिल नेपाल फुटबल संघ (एन्फा)ले त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीका खेलाडीलाई जनही एक लाख पुरस्कार दिने घोषणा गरेको छ ।

एन्फाले आज विज्ञप्ति जारी गर्दै पुरस्कार दिने घोषणा गरेको हो । दशरथ रंगशालामा सोमबार सम्पन्न फाइनल खेलमा नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । नेपालका लागि सन्जोक राई र विशाल राईले एक/एक गोल गरेको थियो ।

बंगलादेशका लागि सान्त्वना गोल महबुबुर रहमानले गरेको थियो । नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो । विजेता भएबापत नेपाली टोलीले पाँच हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्‍यो भने उपविजेता बंगलादेशले तीन हजार डलर पुरस्कार प्राप्त गरेको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका