चौबीस घण्टायता १६२ जनामा कोरोना संक्रमण, ५९ डिस्चार्ज

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडौं

पछिल्लो २४ घण्टामा देशभर १६२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा तीन हजार ९१९ मा पिसिआर परीक्षण गर्दा १६२ मा संक्रमण देखिएको जानकारी दिए ।

आज थपिएका १६२ संक्रमितसँगै नेपालमा संक्रमितको संख्या दुई लाख ७७ हजार ३०९ पुगेको छ । मुलुकमा सक्रिय संक्रमित संख्या एक हजार ४९३ छन् । यस्तै उपत्यकामा ६७ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौं जिल्लामा ५०, ललितपुर १३ र भक्तपुरमा चारलाई संक्रमण देखिएको हो । मन्त्रालयका अनुुसार पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर घर फर्किनेको संख्या ५९ जना छन् । योसँगै उपचारपछि निको भएर घर फर्किनेको संख्या दुई लाख ७२ हजार ७८६ पुगेको छ ।

नेपालमा निको हुने दर ९८.४ प्रतिशत रहेको छ । आज कुनै पनि संक्रमितको निधन भएको छैन । यस्तै आइसोलेशनमा एक हजार ४९३ र क्वारेन्टिनमा ५९ रहेका छन् । देशभरि ३८ सघन उपचार कक्ष (आइसियु) र पाँच भेन्टिलेटरमा उपचार भइरहेको प्रवक्ता डा.गौतमले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका