दोलखा र रामेछापको संगमस्थल सैलुङमा निर्माणाधीन अवस्थामा रहेका सैलुङ ज्याङछ्युब छ्योर्तेनलाई युवा व्यवसायी सङलाल घिसिङले आर्थिक सहयोग गरेको छ ।
निर्माणाधीन छ्योर्तेनका लागि घिसिङले ८६ हजार १ सय १ रुपैयाँ सहयोग गरेको हो । घिसिङले यस अगाडी पनि २५ हजार आर्थिक सहयोग गरेका थिए । यो सँगै उनको सहयोग रकम १ लाख ११ हजार १ सय ११ रूपैयाँ पुगेको छ ।
घिसिङ दोलखा सैलुङ गाउँपालिका वडा नं १ निवासी युवा व्यवसायी हुन् ।
सैलुङ डाँडामा निर्माणाधीन ५५ फिट उचाइको बोधिचैत्य ‘झ्याङ्छ्युब छ्योर्तेन’ को करिब ९५ प्रतिशत काम सम्पन्न भएको छ । सैलुङ रिगसुम गोन्पो सेवा समाजद्वारा निर्माणाधीन छ्योर्तेनको आउने वैशाख १२, १३ र १४ गते शोकसिङ र सुङ (धारणीमन्त्र) एवं १८ फिटको तामाको गजुर प्रतिस्थापना गरिने कार्यक्रम तय भएको छ ।
दानपति सम्मान कार्यक्रम
संस्थाले अहिलेसम्म ५० हजार वा सोभन्दा माथिका दाताहरूलाई ‘दानपति सम्मान’ गरिने संस्थाले जनाएको छ । टुल्कु लोसाङ नाम्ग्याल रिन्पोछेको आतिथ्यमा चैत्र २१ गते सम्मान गरिने भएको छ ।
यस्तै सहयोग गर्ने सबैलाई चरणबद्ध सम्मान गरिने पनि संस्थाले जनाएको छ ।