मिलापको स्वास्थ्य शिविर


‘गरे के असम्भव, एक सामाजिक अभियान’ भन्ने मूल नारासहित सामाजिक कार्य गर्दै आएको मिलाप फाउण्डेशनले नुवाकोटमा स्वास्थ्य शिविर आयोजना गरेको छ ।

फाउण्डेसनद्वारा शनिबार नुवाकोटको विदुर नगरपाालिका–७ साहुगाउँमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । अल्का अस्पताल काठमााडौं र जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोटका चिकित्सकहरुले विरामीहरुको स्वास्थ्य परिक्षण गरेका थिए ।

बच्छलादेवी बहुउद्देश्यीय सहकारी संस्था लि. नुवाकोटको सहकार्यमा भएको सो स्वास्थ्य शिविरमा पाँच सय भन्दा बढी व्यक्तिले स्वास्थ्य परिक्षण गराएका थिए ।

अस्पतालका स्त्री रोग विशेषज्ञ डा. जितेन्द्र सिंह र डा. एञ्जिला मालाकारले दुर्गम ठाउँमा आएर सेवा प्रदान गर्ने अवसर जुटेकोमा धन्यवाद दिएका थिए ।

विशुद्ध सामाजिक सेवाका भावनाले सामाजिक उत्तरदायित्वका कार्य गर्दै आएको मिलाप फाउण्डेसनले निःशुल्क शिविर अयोजना कार्यक्रममा साथ सहयोग पुर्याउने सबैलाई धन्यावाद दिदै आउँदा दिनहरुमा पनि समाजका विभिन्न क्षेत्रमा काम गर्ने फाउण्डेसनकी अध्यक्ष गीता अधिकारीले बताइन ।

वडा नं. ७ का वडाअध्यक्षले शिविरबाट यहाँका जनतालाई प्रत्यक्ष सहयोग पुर्याएकोमा धन्यवाद दिए ।

शिविरमा फाउण्डेसनका उपाध्यक्ष राज लुईंटेल, महासचिव किरणप्रसाद अधिकारीले समाजिक उत्तरदायित्वका कार्यहरुलाई निरन्तरता दिने बताए । कार्यक्रममा फाउण्डेसनका सचिव गोकर्ण लामिछाने, सदस्यहरु सारिका घिमिरे, प्रल्लाहद केसी, योगेश काजीको सक्रिय सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका