एएफसी कपको प्रारम्भिक खेलमा आर्मी र श्रीलंका पुलीसबीच प्रतिस्पर्धा हुने

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडौं

एएफसी कप २०२१ प्रारम्भिक चरणअन्तर्गत त्रिभुवन आर्मी क्लब र श्रीलंका पुलीसबीच यही चैत २५ गते प्रतिस्पर्धा हुने भएको छ ।

दशरथ रंगशालामा दिउँसो ३ बजे हुने उक्त खेल नकाउटका आधारमा खेलाइने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रका प्रमुख ब्रजेश महर्जनले जानकारी दिe । उक्त प्रतियोगितामा भाग लिन श्रीलङ्कन टोली चैत २२ र २३ गते काठमाडौं आउने भएको छ । उक्त प्रतियोगिताका हेर्नका लागि विशिष्ट श्रेणीका लागि ५०० रुपैयाँ र साधारणतर्फ ३०० रुपैयाँ शुल्क कायम गरिएको बताइएको छ ।

सो प्रतियोगिताका तयारीका लागि आर्मीका खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको छ । प्रतियोगिताका लागि २० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको एन्फाका प्रवक्ता किरण राईले जानकारी दिए । आर्मी क्लबले श्रीलंका टिमलाई सशक्त प्रतिस्पर्धी टिमकैरुपमा लिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका