एनआरएन कोरियाको उपाध्यक्षमा सोम तामाङको उम्मेदवारी घोषणा

दक्षिण कोरिया

गैर आवसिय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको सातौं अधिवेशनको लागि नुवाकोटका सोम बहादुर तामाङले उपाध्यक्षको पदमा उम्मेदवारी घोषणा गरेको छ ।

लामो समयदेखि कोरियामा बसोबास गरिरहेका तामाङले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । चुनावको समय नजिकिदै जाँदा बिभिन्न पदको लागि उम्मेदवारी घोषणा भैरहेको छ ।

बिभिन्न संघ, संस्थामा बसेर काम गरिरहेका तामाङले संस्थामा बसेर इमान्दारी पुर्वक काम गर्नका लागि उम्मेदवारी दिएको बताएको छ । उनले भने, सकारात्मक सोच, इमान्दारीका साथ पूर्ण जिम्मेवारीका साथ काम गर्ने अठोट गर्दै उम्मेदवारी दिएको हो ।

उम्मेदवारी तामाङले नुवाकोट सेवा समाज, नेपाल तामाङ संघ र नेपाल आदिबासी जनजाति महासंघ दक्षिण कोरिया जस्ता संस्थामा बसेर काम गरि सकेका छन् । यस अघि नै अध्यक्ष पदका लागि अहिलेका कार्यसमितिका बरिष्ठ उपाध्यक्ष बिपिन गुरुङ, बुद्धि गुरुङ र यज्ञराज सुबेदीले उम्मेदवारी घोषणा गरेका छन् ।

कोरियामा एनआरएन अधिवेशन आगामी सेप्टेम्बर २१ र २२ तारिख हुदै छ ।

एनआरएनए कोरियाको अधिबेशन सेप्टेम्बरमा

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका