शहिदभूमिको सामुदायिक बनमा आगलागी हुँदा दुई घर नष्ट

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
धनकुटा

धनकुटाको शहिदभूमि गाउँपालिका-१ मा आगलागी हुँदा २ घर जेलेर नष्ट भएको छ । त्रिवेणी सामुदायिक बनमा आइतबारदेखि लागेको डढेलोको कारण नरबहादुर बोगटी र उनका छोरा राजबहादुर बोगटी घर जलेर नष्ट भएको हो ।

नरबहादुरको टिनको छाना भएको काठको घर र राजबहादुरको फुसको छाना भएको ढुंगाको घर पूर्ण रुपमा जलेको वडा नं १ का वडा सदस्य सोमबहादुर राना मगरले जानकारी दिए । आगलागीका कारण चारवटा ४ बाख्रासमेत जलेको वडा सदस्य मगरले बताए । उनका अनुसार घरमा रहेको भाडाकुडा, लत्ताकपडा, अन्नपातसहितका समाग्री जल्दा जम्मा ७ लाख बराबरको क्षति भएको अनुमान छ ।

आगलागी पीडितका परिवार अहिले आफन्तको सरण लिइरहेको वडा सदस्य मगरले जानकारी दिए । पीडिहरूलाई राहतका लागि गाउँपालिकासँग समन्वय गरिरहेका वडा सदस्य मगरले बताए । त्रिवेणी सामुदायिक बनबाट शूरुभएको डढेलो अहिले खैरेनी सामुदायिक बनको वीच भागमा पुगीसकेको छ । डढेलो नियन्त्रणका लागि स्थानिय सहित प्रहरीले प्रयास जारी राखे पनि हावाहुरीको कारण नियन्त्रणमा आउन कठिनाइ भइरहेको वडा सदस्य मगरको भनाइ छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका