जोर्डनका पूर्वयुवराजले आलोचकहरूलाई कारबाही गर्ने सिलसिलाको एउटा पाटोको रूपमा आफूलाई घरमै नजरबन्दमा राखिएको बताएको छ ।
उनका वकिलद्वारा सार्वजनिक गरिएको एउटा भिडियोमा राजा अब्दुल्लाहका सौतेनी भाइ राजकुमार हम्जाह बिन हुसेनले देशका नेताहरूलाई भ्रष्ट्राचार, अक्षमता र दुव्र्यवहारको आरोप लगाएको छ । पूर्वयूराजका उक्त भनाइ एउटा सत्ता विद्रोहको आरोप लगाइएको योजनासँग जोडिएका कैयौं उच्च तहका गिरफ्तारीपछि आएको हो ।
यसअघि त्यहाँको सेनाले राजकुमार हम्जाह नजरबन्दमा रहेको विषयलाई अस्वीकार गरेको थियो । तर उसले राजकुमारलाई देशको ’सुरक्षा र स्थिरता’लाई असर पार्ने गरी लक्षित हुनसक्ने कदमहरू रोक्न आदेश दिइएको जनाएको छ । पछिल्ला घटनाक्रमअघि राजकुमार हम्जाहले आदिवासी समूहहरूका नेताहरूलाई भेटेका थिए जहाँ उनले केही सहयोग सुनिश्चित गरेको बताइएको छ ।