‘महिला सशक्तीकरणका लागि सुरक्षा, स्वावलम्बन र नेतृत्व विकास’ विषयक अनलाइन गोष्ठी सम्पन्न

सैलुङअनलाइन संवाददाता
जर्मन

महिला सशक्तीकरणका लागि सुरक्षा, स्वावलम्बन र नेतृत्व विकास विषयक अनलाइन गाेष्ठी सम्पन्न भएको छ । कार्यक्रम १११औँ महिला दिवसको अवसर पारेर गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय समिति जर्मनीको महिला फोरमले मार्च २८ अर्थात् यही चैत्र १५ गते आयोजना गरेको थियो ।

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री माननीय डा. शिवमाया तुम्बाहाम्फेले संविधान, ऐन, नियम तथा कानुनहरूमा समाविष्ट महिला हक अधिकार तथा लैङ्गिक समानताका विषयहरूलाई पूर्ण रूपमा कार्यान्वयन गर्न सरकार प्रतिविद्धताका साथ लागिपरेको जानकारी दिएको छ ।

सो अवसरमा मन्त्री डा. तुम्बाहाम्फेले महिलाहरू आफैँ पनि आफ्नो हक अधिकार सुरक्षा तथा नेतृत्व विकासमा अग्रसर हुनुपर्ने र यसका लागि पुरुषहरूको साथ र सहयोगको अपरिहार्यतालाई पनि मनन गर्नुपर्नेका जोड दिएको थियो ।

कार्यक्रममा सङ्घीय संसद्को राज्य व्यवस्था समितिका सभापति माननीय शशी श्रेष्ठले हरेक राजनीतिक कालखण्डमा महिलाहरूको भूमिका निर्णायक रहेको स्मरण गर्दै नेतृत्व तहमा रहेका महिलाहरूले लैङ्गिक असमानता विरुद्धका आवाजहरू थप बुलन्द गर्नुपर्नेमा जोड दिए ।

यसै गरी सङ्घीय सांसदका सदस्य माननीय डा. डिला पन्त सङ्ग्रौलाले समाज परिवर्तनका लागि राजनीतिमा होमिएमा महिलाहरू पार्टीगत घेरा वाट बाहिर आएर सहकार्य गर्नुपर्ने र ग्रामीण स्तर वाट नै महिला अधिकार सम्बन्धी जागरण अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए ।

कार्यक्रममा स‌ंविधान सभाका माननीय सदस्य तारादेवी राईले स्वावलम्बी बन्न विविध कठिनाइहरू जुझ्दै कडा मिहनत र निरन्तर प्रयास गरी रहनु पर्नेमा जोड दिँदै महिलाहरू आत्मनिर्भर बन्न सके समाजले पछि पार्न नसक्ने र यसका लागि परिवारले पु्र्ण साथ दिनुपर्ने बताए ।

संविधान सभाका अर्का माननीय सदस्य मदन कुमारी शाह (गरिमा) ले नेपालको तराई तथा पहाडी ग्रामीण इलाकाहरूमा अझै पनि विविध प्रकारका अमानवीय, निन्दनीय तथा निकृष्ट प्रथाहरू कायमै रहेकोले त्यसलाई नष्ट गर्नको लागि चेतना र स्वावलम्बनको अभियान चलाउनुपर्ने बत्तायो ।

सोही अवसरमा काठमाडौँ महानगरपालिकाका उपमेयर हरि प्रभा खड्गीले स्थानीय सरकारको नेतृत्व महिलाहरूले गर्दा आई परेका अप्ठ्याराहरू तथा पुरुष जन प्रतिनिधीहरुले हेर्ने दृष्टिकोणका बारेमा प्रकाश पारेका थियो भने प्रहरी उपरीक्षक गङ्गा पन्तले नेपालमा महिला सुरक्षाको अवस्थाका बारेमा आफ्नो धारणा राखेको थियो ।

कार्यक्रममा महिला उद्यमी तथा दक्षिण एसियाकै पहिलो महिला टेम्पो चालक लक्ष्मी शर्माले टेम्पो चालक देखि सफल महिला उद्यमी बन्दासम्मका उत्तर चढावका अनुभवहरू प्रस्तुत गर्नुभएको थियो । विशेष गरेर युरोपमा रहेको महिलाहरूलाई लक्षित गरी आयोजना गरिएको यो कार्यक्रममा, जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का, गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष कुमार पन्त, पूर्व अध्यक्ष जिबा लामिछाने, गैर आवासीय नेपाली सङ्घ जर्मनीका संस्थापक अध्यक्ष दिल गुरुङ, गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महिला स‌ंयोजक भोमा सावाँ लिम्बु महावाणिज्यदूत राम प्रताप थापा, गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्व महिला स‌ंयोजक उषा शर्मा, गैर आवासीय नेपाली सङ्घ, जर्मनीका अध्यक्ष हरि न्यौपाने, निवर्तमान अध्यक्ष विजय मोक्तान लगायतले आ-आफ्नो धारणा राखेको थियो । साथै गैर आवासीय नेपाली सङ्घ स्विजरल्याण्डका महिला उपाध्यक्ष शुभ एल्मर लामा, पत्रकार तथा महिला अधिकारकर्मी अनुराधा पौडेल, नेपाली नारी समाज पोर्चुगलका अध्यक्ष सीता बराल, गैर आवासीय गैर आवासीय नेपाली सङ्घ जर्मनी एल.सी.सी. राईन लण्ड फल्सका संयोजक सुदर्शन तिवारी, गैर आवासीय नेपाली सङ्घ जर्मनी एल.सी.सी. वायन म्यूनिख का महिला संयोजकमा गुरुङ, नेपाली अभिभावक डोर बहादुर गुरुङ लगायतले आ-आफ्नो धारणा राखेको थियो ।


नेपाली सङ्घ जर्मनी एल.सी.सी. ब्रेमेनका स‌ंयोजक दीपक धितालले प्राविधिक संयोजन गरेको कार्यक्रमको प्रत्यक्ष प्रसारण नेपाल प्लस ले गरेको थियो भने गैर आवासीय नेपाली सङ्घ जर्मनी एल.सी.सी. वायन म्यूनिखका संयोजक खड्ग न्यौपानेले राष्ट्र भक्तिपूर्ण साङ्गीतिक प्रस्तुति दिएको थियो । कार्यक्रममा गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिव डा. हेमराज शर्मा, गैर आवासीय नेपाली सङ्घ जर्मनीका उपाध्यक्ष शिवकला गुरुङ, उपाध्यक्ष शङ्कर डाँगी, महिला उपाध्यक्ष भिमानानी श्रेष्ठ, गैर आवासीय नेपाली सङ्घ, जर्मनीका महासचिव लोकमणि ढकाल, सचिव राजेश सुनार, सह कोषाध्यक्ष सोनी तुलाचन, गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् यु.के. का सदस्य सुशीला राई, नेपाली समाज फ्रंकफर्ट जर्मनीका अध्यक्ष शिव अधिकारी, गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्व सदस्य नारायण अधिकारी लगायत वर्तमान तथा पूर्व पदाधिकारीहरू, विभिन्न सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, विज्ञ, पत्रकार तथा महिलाका विषयमा चासो राख्ने व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय समिति जर्मनीका उपाध्यक्ष राधा सिग्देल र सचिव मेनुका त्रिपाठीले संयुक्त रूपमा सञ्चालन गरेको कार्यक्रममा गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय समिति जर्मनीका अर्का उपाध्यक्ष निनम्मा राईले स्वागत भाषण गरेको थियो भने कार्यक्रमको सभापतित्व गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय समिति जर्मनीका महिला स‌ंयोजक करुणा राई तुलाधरले गरेको थियो ।

 

–––

तपाईको प्रतिक्रिया

पत्रपत्रिका