स्व: गिरिजाप्रसाद कोइराला स्मृति ब्याडमिन्टन प्रतियोगिता हुने

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
मोरङ

स्व:गिरिजाप्रसाद कोइराला स्मृति दोस्रो खुला ब्याडमिन्टन प्रतियोगिता यहाँ हुने भएको छ । विराटनगर ब्याडमिन्टन क्लबद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आगामी वैशाख १२ देखि १५ गतेसम्म सो प्रतियोगिता हुने संयोजक विनोद डाँगीले जानकारी दिए ।

प्रतियोगितामा ६ वटा इभेन्ट्समा प्रतिस्पार्धा हुनेछ । १७ वर्ष मुनिका छात्रछात्रा, ४५ वर्षमाथि र ५५ वर्षका पुरुष एकल तथा महिला एकलबीच प्रतिस्पर्धा हुनेछ ।

विजेताले २५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने छन् भने उपविजेताले १५ हजार रुपैयाँ र तेस्रोले जनही १०-१० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । खुल्ला प्रतियोगितामा सबै खेलाडीले भाग लिनसक्ने संयोजक डाँगीले बताए । क्लबले गत वर्षदेखि प्रतियोगिताको आयोजना गर्दै आएको हो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका