न्यूयोर्कमा संघातिक आक्रमणविरुद्ध ऱ्याली प्रदर्शन

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
न्युयोर्क
शान्तिपूर्ण ऱ्याली प्रदर्शन । तस्विर : गोमा योन्जन

संयुक्त राज्य अमेरिकामा रङ्गभेदी, जातीभेदी गतिविधिहरू बढिरहेको तथा एसियाली मुलुकका अमेरिकन नागरिकहरूमाथि संघातिक आक्रमणहरु बढिरहेको विरुद्धमा न्यूयोर्कमा शान्तिपूर्ण ऱ्याली प्रदर्शन भएको छ ।

अप्रिल ४ तारिखका दिन म्यानहाटनको फ्लोरी स्क्वारबाट ब्रुक्लिन पुल हुँदै क्याटमन प्लाजासम्म जुलुस सहित प्रदर्शन गरिएको थियो । ‘हामी समानता चाहन्छौँ, जातीय विभेद बन्द गर, रङ्गभेद बन्द गर, सबै प्रकारको अन्यायहरूको विरुद्धमा एकजुट होऔँ’ जस्ता लेखिएको प्लेकार्ड सहित प्रदर्शन गरेका थिए ।


कोलिसन अफ एसियन अमेरिकन फर सिभिल राइटस (Coalition of Asian-American for civil rights) द्वारा आयोजित प्रदर्शनमा दशौँ हजारको सहभागिता रहेका थिए । उक्त प्रदर्शनको नेपाल आदिवासी जनजाति महासंघ अमेरिका  (फिफ्ना) सह आयोजक रहेको थियो ।

फिप्नाले नेपाली अमेरिकन समुदायको नेतृत्व गरेको सो ऱ्यालीमा फिफ्नाका अध्यक्ष लोक चेम्जोङ, प्रवासी नेपाली एकता मन्चका अध्यक्ष टेक गुरुङ, फिप्नाका सल्लाहकार भरत लामा, एनआरएन न्यूयोर्क च्याप्टरका कोषाध्यक्ष सोभाकान्त पाण्डे , एनआरएन न्यूयोर्क च्याप्टरका पूर्व उपाध्यक्ष विष्णु राना सहभागिता जनाएका थिए ।

त्यस्तै फिफ्नाका महासचिव नरेन्द्र थापा, कोषाध्यक्ष छोन्जोम लामा, सचिव टोमा लामा, सदस्य सोनाम गेल्बु शेर्पा, स्थानिय निकाय विभागका सदस्य सचिव दिपेन्द्र लामा, मुगुम अर्गनाईजेशनका अध्यक्ष आङगेल लामा, निवर्तमान अध्यक्ष पेमा लामा, तामाङ सोसाईटी अफ नर्थ अमेरीकाका अध्यक्ष लक्यान लामा, किरात याक्थुङ चुम्लुङका महासचिव सुमन थाम्सुहाङ, कोषाध्यक्ष सरोज थाङदेन, युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका न्यूयोर्क च्याप्टरका अध्यक्ष केशवराम राई , तामाङ सोसाइटी अफ अमेरीकाका अध्यक्ष छेमाङ तामाङ, शेर्पा संघ अमेरीकाका अध्यक्ष आङजंबु शेर्पा , फिफ्नाका पूर्व महासचिव प्रेम गुरुङ , एनआएरएनकी अभियन्ता राज्य कर्मचार्य श्रेष्ठ, एनआरएन न्यूयोर्क च्याप्टर युथ कोर्डिनेटर विजय गुरुङ लगायतले प्रतिनिधित्व गरेका थिए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका