चौथो राष्ट्रिय सोतोकान कराते च्याम्पियनसिप एवं मेयर कप हुने

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
भक्तपुर

नेपाल सोतोकान कराते डो एशोसिएशन भक्तपुरले चौथो राष्ट्रिय सोतोकान कराते च्याम्पियनसिप एवं सूर्यविनायक मेयर कप-२०७७ को आयोजना गर्ने भएको छ ।

यही चैत २८ गते शनिबार आयोजना हुने प्रतियोगितामा देशभरका सात सोतोकान करातेको ३२ डोजोका १५० भन्दा बढी खेलाडीको सहभागिता रहने बताइएको छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टोलीलाई नगद, पदक र प्रमाणपत्र प्रदान गरिने भएको छ । त्यस्तै फस्ट रनरअप, सेकेण्ड रनरअप र उत्कृष्ठ खेलाडीलाई नगदसहितको पुरस्कार प्रदान गरिने भएको एशोसिएशनका अध्यक्ष अनिल श्रेष्ठले जानकारी दिए ।

त्यस्तै टिम च्याम्पियन, दोस्रो, तेस्रो, चौथो र उत्कृष्टलाई पनि पुरस्कार प्रदान गरिने भएको छ । उनका अनुसार प्रतियोगितामा करीब पाँच लाख रुपैयाँ खर्च लाग्ने छ, भने मुख्य सहयोग सूर्यविनायक नगरपालिका रहेको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका