नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको निर्वाचन सम्पन्न भएको छ । आज भएको उक्त निर्वाचनमा कुल १ हजार २३४ मत खसेको छ । शाखाको कुल मत भने १ हजार ४७९ हो ।
मतदान स्थलबाट मत पेटीका महासंघका केन्द्रिय कार्यालय तर्फ लागिसकेको छन् । मत गणना आजै वा भोलि गर्ने भन्ने बारे भने टुंगो नलागेको बताएको छ ।
पत्रकार महासंघ प्रत्यक्ष मतदान प्रणालीमा प्रवेश गरेपछि केन्द्रीय समितिको निर्वाचन पहिलोपटक प्रत्यक्ष प्रणालीबाट भएको हो ।