पत्रकार महासंघ दोलखामा दिपशंकरको प्यानल निर्वाचित

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
दोलखा
तस्विर लम्मण खड्का

नेपाल पत्रकार महासंघ दोलखा शाखाको २६ ‌औँ महाधिवेशनले दिपशंकर चौलागाईंको प्यानल निर्वाचित भएका छन् । अध्यक्षमा निर्वाचित चौंलागाईं प्रेस युनियन निकट हुन् । उनले ५८ मत ल्याए भने प्रतिद्वन्द्वी केदार शिवकोटीले ४८ मत ल्याएका थिए ।

प्रेस युनियन, प्रेस संगठन नेपाल र प्रेस चौतारी माधव नेपाल समूहको गठबन्धनबाट चौलागाईंले चुनाव लडेका हुन् ।

यसै गरी उपाध्यक्षमा प्रेस चौतारी माधव नेपाल समूहका श्रीजनकुमार घिमिरेले ५९ मतले ल्यार्इ निर्वाचित भएका छन् । त्यस्तै प्रतिद्वन्द्वी शेरबहादुर भुजेलले ४६ मत प्राप्त गरेका छन् ।

त्यस्तै महिला उपाध्यक्षमा सिर्जना खड्काले ५४ मत ९प्रेस संगठन०, सचिवमा दिलबहादुर केसीले ५९ मत (प्रेस संगठन) र कोषाध्यक्षमा नवीन खतिवडाले ७१ मत (प्रेस चौतारी नेपाल समूह) ल्याएर निर्वाचित भएका छन् ।


यसै गरी महिला सदस्य दुर्गा बस्नेत ५९ मत‚ आदिवासी जनजाति सदस्यतर्फ गोपीलाल तामाङ ५४ मत‚ सदस्यहरू केदार दाहाल ५४ मत‚ गोकर्णप्रसाद भण्डारी ७३ मत‚ गौतम जिरेल ५७ मत‚ ताराबहादुर महत ५३ मत‚ बलराम केसी ६६ मत‚ रविन्‍द्र गौतम ७५ मत ल्याएर विजयी भएका छन् ।

त्यस्तै केन्द्रीय परिषद् सदस्यमा शर्मिला बुढाथोकी ५८ मत‚ शिवकुमार भुजेल ५४ मत‚ सुवास योन्‍जन ५७ मत ल्याएर जित सफल गरेका छन् । यस्तै अर्जुन गौतम र अर्जुन दाहालले ५५/५५ बराबरी मत ल्याएका छन् ।

प्रदेश परिषद् सदस्यमा रामचन्द्र गिरी ६९ मत‚ लालकुमार मोक्तान ६४ मत र शिवजी प्रधानले ५७ मत ल्याएर विजयी भएका छन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका