पत्रकार महासंघ नुवाकोटमा कपिलदेव प्यानल विजयी

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
नुवाकाेट

नेपाल पत्रकार महासंघ नुवाकोट जिल्ला शाखामा कपिलदेव खनाल विजयी भएका छन् । खनालले १०९ मत ल्याएर विजयी हासिल गरेका छन् भने प्रतिद्वन्द्वी नारायणप्रसाद नेपालले ४६ मत ल्याएका छन् ।


त्यस्तै, उपाध्यक्षमा नमराज सुवेदीले ८५ मत र जमुना गजुरेलले ९५ मत ल्याएर विजयी भएका छन् ।

सहसचिवमा सुरज सिलवाल १०८ मत, कोषाध्यक्ष सुनिल विष्ट ८९ मत ल्याएर विजयी भएका छन् । यस्तै सचिव जगदीश खनाल र सहसचिव (समावेशी) मा दुर्गा पनेरु निर्विरोध निर्वाचित भएका छन् ।

यसै गरी सदस्यहरू रविन दाहाल १२६ मत, सुजित भण्डारी ११९ मत, मुकुन्दराज अर्याल १२१ मत, हरि भेटवाल ११० मत, उषा रेग्मी १३४ मत, राममणि अधिकारी ११३ मत र कृष्ण अधिकारी ८८ मत ल्याएर विजयी बनेका छन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका