पत्रकार महासंघ ललितपुरमा सागरको प्यानल विजयी‚ देशभर मतगणना जारी

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
ललितपुर

नेपाल पत्रकार महासंघ ललितपुर शाखाको अध्यक्षमा कुल २ सय ६७ ल्याएर सागर न्यौपाने विजयी भएको छ । उनका निकटतम प्रतिद्वन्द्वी वालमुकुन्द आचार्यले ६६ मत पाएका छन् भने श्रृजना तिम्सिनाले ४२ मत पाएकी छिन् ।

महासंघको बुधबार सम्पन्‍न निर्वाचनमा प्रेस युनियन, प्रेस संगठन र प्रेस चौतारी (खनाल-नेपाल) बाट न्यौपानेले साझा उम्मेदवार दिएका थिए । उनका प्यानलसहित विजयी भएका हुन्।

उपाध्यक्ष रनसुर महतारा‚ सचिव रामहरि कार्की‚ सहसचिव रविन राई‚ कोषाध्यक्ष राजु बस्नेत निर्वाचित भएका छन् ।


यसैगरी महिला सदस्य गोमा पाण्डे‚ सदस्यहरू दिपक अर्याल‚ अनिल पन्त‚ अविन लिम्बु‚ कृष्ण पौडेल‚ केशव घिमिरे‚ विष्णुबहादुर आले र रामशरण काफ्ले निर्वाचित भएका हुन् ।

जिल्लामा ३ सय ८३ मत खसेका थिए ।

महासंघको नयाँ नेतृत्वका लागि बुधबार केन्द्र, प्रदेश र जिल्ला शाखाहरूको निर्वाचन भएको थियो । अहिले देशभर मतगणना जारी छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका