ह्रिस्याङ्गुमा २ दिने धर्म देशना कार्यक्रम सम्पन्‍न

श्याम योन्जन सैलुङअनलाइन
सिन्धुपाल्चोक

छयोइफेल कुन्देलिङ गुम्बा‚ ह्रिस्याङ्गुमा २ दिने धर्म देशना (प्रवचन) कार्यक्रम सम्पन्‍न भएको छ ।

लिसंखुपाखर गाउँपालिकास्थित ह्रिस्याङ्गुमा चैत्र १८ र १९ गते कान्यिङ सेडुपलिङ गुम्बा (सेतो गुम्बा) बौद्ध, काठमाडौँका प्रमुख लामा रिन्पोछे छोकी निमाको प्रमुख आतिथ्यतामा धर्म देशना र डोल्माको वाङ (आयु अभिषेक) भएको हो ।

कार्यक्रममा आचार्य मोहनकुमार लामा र खेन्‍पो सर्वजित गोङ्बोले प्रवचन दिएका थिए ।

समापनमा छे-वाङ (आयु अभिषेक डोल्माको वाङ) दिएको गोन्पाका प्रमुख लामा नोर्बु लामाले जानकारी दिए ।


त्यसैगरी समिति तथा उपसमितिहरू स्वागत समिति‚ मञ्च व्यवस्थापन‚ अतिथि‚ लामा‚ प्रचारप्रसार‚ स्वयंसेवक, झाँकी, ताम्बा, पञ्चेबाजा, भोजन व्यवस्थापन‚ आवास तथा बाटो व्यवस्थापनलार्इ प्रशंसापत्र प्रदान गरेका थिए ।

बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको आयोजनामा भएको थियो । प्रवचनको पहिलो दिनमा समितिका अध्यक्ष छ्योकिनिमा रिम्पोर्छे‚ कार्यकारी निर्देशक होम दोङ लगायतको उपस्थिति रहेका थिए ।

कार्यक्रममा त्यस वरिपरिका गुम्बा, विहारबाट प्रमुख लामा, उपासकउपासिकाहरु लगायत सम्पूर्ण बौद्धधर्मवलम्बीलार्इ उपस्थित भएको गोन्‍पाका अध्यक्ष पुण्यसागर लामाले बताए ।

थप यो पनि

ह्रिस्याङ्गुमा धर्मदेशना हुने

तपाईको प्रतिक्रिया

पत्रपत्रिका