पत्रकार महासंघ मकवानपुरमा मणिराज गौतमको प्यानल निर्वाचित

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
मकवानपुर

नेपाल पत्रकार महासंघ मकवानपुर शाखामा प्रेस युनियन र प्रेस सेन्टरबाट अध्यक्ष बनेका मणिराज गौतमको प्यानल निर्वाचित भएका छन् ।

उपाध्यक्षमा धुव्र अधिकारी‚ महिला उपाध्यक्षमा सरला अधिकारी‚ सचिवमा शुभलक्ष्मी विश्वकर्मा‚ सहसचिव समावेशीमा मानवी बानिया‚ सहसचिव एमपी शर्मा विजयी भएका छन् ।

यस्तै, सदस्यहरूमा सृजना नेपाल, बलराम पुडासैनी, प्रदीप अधिकारी, विजय पौडेल, अर्जुन सन्जेल, उज्ज्वल अधिकारी र नवीन तिमल्सिना  विजयी भएका छन् ।

यसैगरी सदस्य महिलामा रुपा गुरुङ ७९‚ सदस्य आदिवासी जनजातिमा नवराज वाइवा ९१ सदस्य मधेसीमा आदित्य कर्ण ७६ मत ल्याएर विजयी भएका छन् ।

सदस्य दलितमा शान्ति सुनार निर्विरोध निर्वाचित भएकी छिन् ।


त्यस्तै केन्द्रीय परिषद् सदस्यमा राजन दाहाल (खुसराज) र भानुभक्त आचार्य निर्वाचित भएका छन् ।

केन्द्रीय परिषद् (महिला) सदस्यमा नानीमैया बिष्ट‚ प्रदेश सदस्यमा गणेश दर्पण अधिकारी, शिव चौलागाई‚ सुनिल शिवाकोटी, सुजन ढकाल, रवीन्द्र गौतम‚ विश्वराम अधिकारी (विवश) निर्वाचित भएका छन्।

त्यसै गरी प्रदेश परिषद् महिला सदस्यद्वय आरती ढकाल र भावना रिजाल‚ आदिवासी जनजाति प्रदेश सदस्यद्वय अशोक सुजन श्रेष्ठ र अमर लामा निर्वाचित भएका छन् ।

यो पनि

पत्रकार महासंघ ललितपुरमा सागरको प्यानल विजयी‚ देशभर मतगणना जारी

पत्रकार महासंघ नुवाकोटमा कपिलदेव प्यानल विजयी

पत्रकार महासंघ दोलखामा दिपशंकरको प्यानल निर्वाचित

पत्रकार महासंघ काठमाडौंको निर्वाचनमा १२ सय ३४ मत खस्यो

तपाईको प्रतिक्रिया

पत्रपत्रिका