दक्षिण कोरिया । मौसम फूलैफूलको हो । बसन्त ऋतुमा सबै ठाउँमा फूलफुल्ने र मौसम परिर्वतन हुन्छ । यतिखेर दक्षिण कोरियाको धेरैजसो पार्क, वनपाखामा फूल फुलेर रंगीचंगी भएको छ ।
यता धेरै थरीका फूलहरु फूल्छन् । यी फूलहरु मध्ये ‘साकुरा’ (चेरी) अर्थात पयुँको फूल हो । यो कोरियाको बसन्त ऋतुको सुरुवातमा फूल्ने प्रमुख फूल हो । यो फूलसँग रमाउन प्रया सबै मानिसहरु साताको छुट्टीमा घुम्न निस्किन्छन् । यो फूल गत सातामा सबै जसो क्षेत्रमा फुलिसकेका छन् ।
म पनि साकुरासँग रमाउन, फोटो खिच्न, साथीभाइ भेटघाट गर्न सउल ग्रेन पार्क तिर अघिल्लो शनिबार निस्किए । भेट भयो दिउँसो त्यही पार्कको गेट आगाडीतिर, कोही साथीहरु भोग मेटाउन केएफसी तिर लाइनमा बसे । हामी लाग्यौं बर्षदिनको खुलदुली मेटाउन साकुराको फूल छेउतिर । विदाको दिन घुम्ने, रमाउनेको भिड थियो । यो बेला चेरी फेस्टीभल पनि हो ।
यसैमा दुनियाँ रमाइरहेका थिए । हामी पनि रमाए । साथीहरुको जम्बो जम्काभेट भयो । कोहीले सेल्फी खिचे । सामुहिक पनि खिचे । यसैयसै साकुरासँग मनका कुरा साटे । लगभग तीन घण्टा जस्तो घुमघाम गर्यौं अनि फर्कियौं सउलतिर । भोलि बुसान क्षेत्रको छलानाम्दो घुमघामको कार्यक्रम थियो ।